Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यमा  प्रचण्डको सहयोग रहने


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यमा सरकारलाई सहयोग गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै ललिता निवासको जस्तै शेरा दरबारको जग्गा  कानुन विपरीत भएको भए सरकारको नाममा फिर्ता ल्याउने कार्य गरे सरकारलाई आफूले धन्यवाद दिने बताएका हुन् ।

वैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनी रुपले व्यक्तिको नाममा हाल्ने कार्यमा जो कोही संलग्न भए पनि कानुनको दायरामा ल्याउनुपर्ने जिकिर गरे ।

अध्यक्ष दाहालले  ‘अहिले यही सेरा दरबारको चर्चा सुनेपछि मैले अस्ति झापाको कार्यक्रममा बोलेको पनि थिएँ । दोषिलाई कारबाही गरियोस्, सरकारलाई सहयोग गर्न तयार छौं । मैले अरु भन्नु केही पनि छैन । मैले खालि सरकारलाई के भन्छु भने कानुन विपरित काम भएको छ भने जसरी ललिता निवासको सयौं रोपनि जग्गा सरकारको नाममा फिर्ता ल्याइयो । त्यसैगरी शेरा दरबारको पनि भयो भने म सरकारलाई सहयोग मात्र होइन धन्यावाद पनि भन्नेछु ।”

नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको भन्दै सरकारका नाममा ल्याउन सीआईबीले सरकारलाई पत्राचार गरेको थियो । त्यस्तै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई समेत सिआईबीले पत्र लेखिसकेको छ । बिहीबार समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल भइरहेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट