Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

ठगी आरोप लागेकी श्रीमतीलाई जोगाउँदै आएका पोखरेलले स्वकीय सचिवलाई गरे निस्कासन


काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिल पोखरेललाई जिम्मेवारीबाट निष्कासन गरेका छन् ।

पोखरेलविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको र अनुसन्धानमा सघाउन भन्दै उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरिएको पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अनिल पोखरेलविरुद्ध एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै ३८ लाख रुपैयाँ लिएको आरोप छ ।

मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगीमा मुछिएकी ऋषिकेश पोखरेलकी श्रीमती कोइराला भने प्रहरीको फरार सूचीमा छिन् । अञ्जला कोइरालालाई सामान्य सोधपुछसमेत नगरी फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, मोरङमार्फत बिहीबार जिल्ला अदालत मोरङमा सहकारी ठगी मुद्दा दायर भएको हो । २६ जना प्रतिवादी बनाइएकोमा एकजनालाई मात्र पक्राउ गरिएको छ । मुख्य व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्न चासो नदिएको पीडितहरूको आरोप छ ।

प्रहरीको फरार सूचीमा रहेकी श्रीमती अञ्जला कोइरालाको विदा थप गरिदिन पोखरेलले विद्यालयमा फोन गरेको समेत कुरा बाहिर आएको थियो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट