Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

समाजवादी सांस्कृतिक महासंघको दोस्रो राष्ट्रिय भेला सम्पन्न, रमेश खड्का अध्यक्ष


काठमाडौं, १९ पुस । समाजवादी सांस्कृतिक महासंघको दोस्रो राष्ट्रिय भेला तथा अधिवेशन नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीको केन्द्रीय कार्यालयमा आज सम्पन्न भएको छ ।

अधिवेशनले ६ जना पदाधिकारीसहित २६ जना सदस्यगरी ३२ जनाको केन्द्रीय समिति निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय समितिको अध्यक्षमा रमेश खड्का, उपाध्यक्षमा मानरा प्रजापति र सरस्वती पाण्डे चयन भएका छन् ।

त्यसैगरी महासचिवमा भरत केसी, सचिवमा तुलसा लिम्बु, कोषाध्यक्षमा दुर्गा बहादुर तमाङ चयन भए । सदस्यहरुमा सचिन राई, अटल राई, ईन्द्र विसुङ्खे, कृष्ण प्रसाद भट्ट, राकेश गुरुङ, धनबहादुर गुरुङ, वर्ष मगर, निशा श्रेष्ठ, सोनामाया लामा, यस्तर तमाङ, अजय तमाङ, मेरी लामा, विवेक खड्का, ज्ञान बहादुर विक, शिव अनुराग, ममता गुरुङ, रचना खड्का, शंकर नेपाली, दिया मर्हजन, सुजन गुरुङ, पुनम चौधरी, राहुल मर्हजन, पवित्रा गुरुङ र योगेस सिंह रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि डा. बाबुराम भट्टराईले विगतमा नया शक्ति पार्टी बनेदेखि विभिन्न व्यक्ति तथा तप्काले आ-आफ्नो स्वार्थ सिद्धीका लागि विभिन्न बहानामा सिंगो पार्टीलाई नै तोड्ने, फुटाउने जस्ता कार्यहरु भएको  स्मरण गरे। उनले अब आफूहरु सही लक्ष्य र सही मार्गमा अगाडि बढी सकेको बताए । उनले भने, ‘हाम्रो पार्टीको समावेशीता, संघियता, सुशासन, समृद्धि र समाजवाद रहेको छ, अब हामी कुनै पनि प्रकारले विचलित नभई लक्ष्यतिर निरन्तर बढिहरने छौँ ।’ डा. भट्टराईले अझ पनि विगत झैँ पार्टी फेरी टुट्ने, फुट्ने, जुट्ने, मिलाउने कार्यमा पार्टी लाग्ने छैन भन्ने विश्वास दिलाउँदै विचलित नहुन सबै सदस्यहरुमा आग्रह समेत गरे।

त्यस्तै कार्यक्रमका अध्यक्ष रमेश खड्काले सांस्कृति क्षेत्र देश र जनतालाई एक आपसमा जोड्ने कडीको रुपमा कार्य गर्ने बताए । नेपालको कुरा मात्र होइन, विश्वका जुनसुकै देशको सांस्कृतिक क्षेत्रले जोड्ने कार्यमा अग्रसरको भूमिका राख्छ भन्ने उनको भनाई थियो । राजनीति पक्षलाई छोड्ने हो भने सांस्कृतिक क्षेत्रले फुटाउने वा तोड्ने कार्य कुनै परिस्थितिमा पनि नगर्ने उनको धारणा थियो ।

उक्त कार्यक्रम ईन्चाज सानो गुरुङ्गको उपस्थितिमा सम्पन्न भएको थियो ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट