Techie IT
Samayabaddha
मंगलबार, २३ पुस, २०८१

रास्वपा केन्द्रीय समिति बैठकका ११ निर्णय सार्वजनिक


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । शनिबार र आइतबार गरी दुई दिन राजधानीको स्वयम्भूमा सम्पन्न बैठकले विभिन्न ११ वटा निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक निर्णयअनुसार बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यहरूको सुझाव सहित पारित गरिएको छ । यस्तै राजनीतिक प्रशिक्षण केन्द्रीय देखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।

यस्तै संविधानमा आवश्यक परिमार्जनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरिएको छ ।

यस्तै २०८० मंसिर ११, १२ र १३ गते जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति डा स्वर्णिम वाग्लेद्वारा प्रस्तुत व्याख्यात्मक दस्ताबेज पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्नका लागि पारित गरिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट