Techie IT
Samayabaddha
मंगलबार, २३ पुस, २०८१

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा आउने हल्लाले समाजमा सकारात्मक सन्देश गएको छैन : सुदन किराती


काठमाडौं, २२ पुस । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता सुदन किरातीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा आउने हल्लाले समाजमा सकारात्मक सन्देश नगएको बताएका छन्

काठमाडौंमा जारी पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा केन्द्रित रहेर बोल्दै उनले भने, ‘पार्टीले सम्माननीयलाई अझ सम्माननीय बनाउनु सक्नुपर्छ । आलोचना भन्दा माथि राखौँ बरु पाठशाला बनाऊँ ।’ राईले नेतृत्वलाई सुझाव दिँदै भने, ‘हामीबाटै नयाँ परम्परा र संस्कृतिको आधार स्तम्भ खडा गरौँ । उदाहरणीय बनाऔँ । १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौँ ।’

उनले पार्टी धेरै बिग्रिसकेकाले प्रतिवेदन कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । ‘यो प्रतिवेदन कार्यान्वयन गरेर पार्टीलाई रूपान्तरण र पुनर्निर्माण गर्न सके हाम्रो दुःखको अरालो यात्रा अन्त्य र सुखको उकालो यात्रा प्रारम्भ हुनेछ’, राईले भने, ‘आम मान्छेले बुझ्न र भन्न थालेका छन्, प्रचण्ड नेतृत्व सरकारले गरेको असल काम,ओली सरकारले गरेको खराब काम ।’ उनले कुनै पनि पार्टी र नेतृत्व राज्य सञ्चालनको आधार स्तम्भ हुने भन्दै आन्तरिक पार्टी जीवनको चर्चा गरे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट