एमालेको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु
काठमाडौं, २३ पुस । नेकपा (एमाले) को केन्द्रीय समितिको तेस्रो दिनको बैठक मङ्गलबार सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि जारी रहेको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन् । प्रधानमन्त्रीको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया