पार्टी अध्यक्ष पनि अब निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्छ : जनार्दन शर्मा
काठमाडौं, २३ पुस। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दश शर्मा ‘प्रभाकर’ले पार्टी अध्यक्ष पनि अब निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताएका छन् ।
काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोल्दै शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अध्यक्ष पनि चुनिएर आउनुपर्ने माग गरे ।
‘विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको छ । अध्यक्षको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ?’ प्रश्न गर्दै उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्षमा हामी कसैले दावी गर्ने होइन, अध्यक्ष उहाँ नै हुने हो । चुनिएर आउन किन डराउनुपर्यो ।’
पार्टीलाई प्राइभेट कम्पनीजसरी चलाएर प्रचण्ड सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको चर्चा गर्दै उनले त्यस्तो आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनु पर्ने धारणा राखेका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया