Techie IT
Samayabaddha
बिहीबार, २५ पुस, २०८१

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ । दुई नेताबिच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र समाजवादी मोर्चा लगायतका विषयमा कुराकानी भएको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन ८७ सालमा हुन्छ भनेर दिएको अभिव्यक्तिपछि दुई नेताबिच भेटवार्ता भएको हो ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट