कांग्रेसबाट मन्त्री भएकाहरूलाई देउवाले छलफलका लागि बोलाए
काठमाडौँ, २ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बिहीबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
काङ्ग्रेसबाट १० र २ राज्यमन्त्रीसहित १२ जना छन् । सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा असन्तुष्टि बढिरहेका बेला सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया