Techie IT
Samayabaddha
शनिबार, ५ माघ, २०८१

हामीले विशेष अधिवेशन बोलाउने तयारी गरेका छौं : अग्नी सापकोटा


सिन्धुपाल्चोक, ५ माघ । पू्रर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले सरकारमा दुई तिहाइको भिड भए पनि सदनको सामना गर्न डराएको टिप्पणी गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबीसेमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले सरकारले नबोलाएपछि संविधानअनुसार विपक्षी दलहरुले संसद बोलाउने तयारी गरेको बताए ।

उनले भने, ‘हाम्रा ३२ जनाले अब बानेश्वारमा आगो बाल्नेछन्, विपक्षीहरु एकजुट भएका छन् । सदन बोलाएन भने संविधानमा व्यवस्था छ, हामी विशेष अधिवेशन बोलाउने तयारी गरेका छौं । हामी सडकमा पनि हुनेछौं ।’

पूर्वसभामुखसमेत रहेका सापकोटाले सरकारलाई के नपुगेर संसद नबोलाएको भन्दै प्रश्न गरे । उनले भने, ‘दुई तिहाइको सरकार छ । भिड उनीहरुकै छ । के नपुगेर र संसद नबोलाएको ? हामी थोरै छौं, तर पनि सरकार संसद बोलाउन डराएको छ ।’

उनले सरकार भ्रष्टाचारको संरक्षण गर्नमा केन्द्रित भएको आरोप लगाए । भ्रष्टाचारको प्रकरणमा सरकारबाट आफू निकटकालाई बचाएर विपक्षीलाई छानीछानी पक्राउ गर्ने काम भइरहेको उनको भनाइ छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट