कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि किन भयो कुटपिट ?
बिर्तामोड, ६ माघ । झापाको कनकाई नगरपालिका –२ सुरुङ्गामा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कुटपिट भएको छ ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागी भएर घरतर्फ फर्किदै गर्दा शनिवार साँझ करिव ६ बजे पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका –२ जुकेकल्भर्ट भन्ने स्थानमा उनीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ञ १८७० मा सवार समूहले कुटपिट गरेको हो । कुटपिटबाट पूर्व मुख्यमन्त्री थापा घाइते भएका छन्। उनलाई बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारपछि आफ्नो निवासमा फर्किएका छन् । थापाको कुटपिटबाट आँखा सुन्निएको र अनुहारमा चोट लागेको छ ।
विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको प्रत्यक्षदर्शीको भनाइ छ । कुटपिट गर्ने दुई जनालाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा रखेको छ ।
पक्राउ पर्नेहरुमा शिवसताक्षी ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीहरु दुबैजना विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी रहेको बुझिएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया