Techie IT
Samayabaddha
सोमबार, ७ माघ, २०८१

संघीय संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस


काठमाडौं, ७ माघ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १८ माघमा संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे सोमबारै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । सरकारले अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै सरकारको आलोचना गरिरहेको बेला सरकारले अधिवेशन बोलाउन सिफारिस गरेको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट