राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान
काठमाडौं, ८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ माघमा अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया