ओली नेतृत्वको सरकार बनेदेखि नै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको छ : प्रचण्ड
चितवन, ८ माघ । । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली सरकार छिटै ढल्ने संकेत गरेका छन् ।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकारमा नभएको स्पष्ट पारे ।
सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा उनले आपत्ति जनाए । ओली नेतृत्वको सरकार बनेदेखि नै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको प्रचण्डले आरोप लगाए ।
सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैधानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उनको भनाइ थियो ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया