Techie IT
Samayabaddha
सोमबार, १४ माघ, २०८१

अखिल क्रान्तिकारीको रोकिएको मत गणना अझै शुरु हुन सकेन


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीको हिजो भएको निर्वाचनको मतगणना अहिले स्थगित भएको छ । मत गणना शुरु गर्न दुवै पक्षबीच विभिन्न चरणका छलफल भए पनि अझै सहमति हुन नसकेको विद्यार्थी नेताहरु बताउँछन् ।
महासचिवका उम्मेद्वार प्रतिक कार्कीका अनु्सार सबैलाई जित्नै पर्ने भएको कारण मत गणना शुरु हुन नसकेको हो ।

बिहानसम्मको मत परिणाममा अध्यक्ष पदको मतगणनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटका उम्मेदवार विजयप्रकाश सापकोटा र उपमहासचिव जनार्दन शर्माका उम्मेदवार हेमन्त राईबीच कडा टक्कर देखिएको थियो ।

गणना शुरु हुन लागेको विशेष र विश्व विद्यालयमा पनि रातो मसीले मत हाल्न व्यवस्था गरिएकोमा मतपत्रमा कालो मसी पनि प्रयोग भएको पाइएपछि विवाद भएर गणना रोकिएको छ । प्रदेशहरूमध्ये सबैभन्दा बढी मतदाता यी दुईमा रहेका छन् । जसमा विशेषमा २६४ र विश्वविद्यालयमा २५८ मत खसेको थियो ।

संस्थापन पक्षका उम्मेद्वार सापकोटा पक्षले कालो मसीलाई पनि मान्यता दिनुपर्ने बताएको छ भने जनार्दन पक्षका उम्मेद्वार हेमन्त राईले संस्थापन पक्षले धाँधली गरेको आरोप लगाउँदै कालो मसीलाई मान्यता दिन नहुने बताउँदै आएको छ ।

त्यस्तै मधेश प्रदेशको मत गणना गर्दै गर्दा मधेशमा खसेको १९५ मतमध्ये ४ मत कम देखिएको भन्दै विवाद झिकिएको छ । मधेशमा उपदेशले सबैभन्दा बढी ६७ मत पाउँदा सापकोटाले ४० र राईले ४१ मत प्राप्त गरेका छन् । सापकोटा पक्षका प्रतिनिधिले मतपत्रमा पानी खन्याएर पुन मतदानको माग गरेको छ ।

अहिलेसम्मको जम्मा मत परिणाम अनुसार सापकोटा २२ मतले अगाडि देखिएका छन् ।

सापकोटाले ४७३ मत पाएका छन् । उनलाई पछ्याउँदै कडा टक्कर दिइरहेका राईले ४५१ मत प्राप्त गरेका छन् । हेडक्वार्टरका उम्मेदवार सापकोटाले कोशीबाट ४९, मधेशबाट ४०, बागमतीबाट ८७, गण्डकीबाट ६०, लुम्बिनीबाट ८५, कर्णालीबाट ८० र सुदूरपश्चिम प्रदेशबाट ७२ गरी ४७३ मत प्राप्त गरेका हुन् ।

जनार्दन निकटका हेमन्त राईले कोशीबाट ११६, मधेशबाट ४१, बागमतीबाट ४८, गण्डकीबाट ३९, लुम्बिनीबाट ६६, कर्णालीबाट ८२ र सुदूरपश्चिमबाट ५९ गरी ४५१ मत प्राप्त गरेर सापकोटालाई कडा टक्कर दिइरहेका छन् ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकटका उम्मेदवार उपदेश यादवले २०५ मत ल्याएका छन् । उनले कोशीबाट ३५, मधेशबाट ६७, बागमतीबाट ५१, गण्डकीबाट १५, लुम्बिनीबाट १०, कर्णालीबाट ५ र सुदूरपश्चिम २२ गरी २०५ मत प्राप्त गरेका छन् ।

क्रान्तिकारीको मतगणनामा अर्का उपमहासचिव वर्षमान पुनका उम्मेदवार सुदिन पौडेल कमजोर देखिएका छन् । उनले १४३ मत मात्रै ल्याएका छन् ।

पौडेलले कोशीबाट १८, मधेशबाट १, बागमतीबाट १७, गण्डकीबाट ६१, लुम्बिनीबाट २२, कर्णालीबाट ८ र सुदूरपश्चिम १६ गरी १४३ ल्याएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट