सत्तारुढ दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा
काठमाडौं । सत्ता पक्षका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ । बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।
सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी रहेका छन् । माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन शुरु हुँदैछ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया