अबको १७–१८ महिनापछि शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्छ, मैंले पुरै सहयोग गर्छु : प्रम ओली
काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १७ महिनापछि आफूले सत्ताको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई सुम्पिने कुरा दोहोर्याएका छन् ।
सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका कार्यपालिकाको प्रशासकीय भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सत्ताको आयू तोकेका हुन् । गत असारमा प्रधानमन्त्री नियुक्त भएदेखि नै सत्ताको आयू तोक्दै आएका ओलीले त्यसैलाई निरन्तरता दिएका हुन् ।
‘प्रचण्डले प्रधानमन्त्रीको अफर गर्दा त्यसतालाई साथमा लिएर सत्ता चलाउन हुँदैन भनेर अस्वीकार गरे । फेरी पछि नेपाली कांग्रेसले मलाई अफर गर्यो । अनि म प्रधानमन्त्री भएँ । अब १७–१८ महिनापछि शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले पूरा सहयोग गर्छु । नेकपा एमालेले पूराका÷पूरा सहयोग गर्छ । सफल बनाउँछौं’ ओलीले भने ।
प्रमुख दलहरू मिलेर सरकार चलाउँदा पनि मुलुकले विकासको बाटो लिन नसके अरु विकल्प नहुने जिकिर गरे ।
‘अहिले पनि प्रमुख दलहरू मिलेर यस देशलाई विकासको बाटो दिन सकेनन् भने विकासको बाटो दिन सकेनन् भने यहाँ तेरो मेरो भन्ने छैन,’ ओलीले भने, ‘७ सय ५३ वटा पालिका हामी विकास गरेर छाड्छौं । कसैले पनि यो विकासको गतिलाई रोक्न चाहेर पनि सक्दैन । सबै पालिकामा विकास गर्छौं ।’
क्याटेगोरी : राजनीति
प्रतिक्रिया