सत्तापक्षीय दलको निष्कर्ष : सत्तारुढ दलमा असहमति र असमझदारी छैन
काठमाडौं । बालुवाटारमा बसेको सत्तारुढ दलको बैठक सकिएको छ । बैठकले सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिँदै अघि बढ्ने र सत्तारुढ दलमा असहमति र असमझदारी नरहेको सन्देश दिएको छ ।
‘‘संसद्को काम कारबाहीमा सत्तारुढ दलहरू एउटै लय र एउटै गतिमा उभिने तथा सरकारका सकारात्मक कामको पक्षमा दरिलो साथ र समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष निस्किएको छ’’ एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।
उनले आगामी हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सत्तापक्षका तर्फबाट सक्रिय सहभागितामा जोड दिने सहमति भएका बताए ।
‘सिर्जनात्मक र रचनात्मक बहस गर्ने,प्रतिपक्षले गलत ढंगले अनर्गल ढंगले प्रचार गर्न खोजेको छ । मोर्चवन्दी गरेर ढुंगा हान्न खोजेको छ यसका बारेमा पनि सत्तारुढ दलले एकताबद्ध ढंगले अभिव्यक्ति दिने र भुमिका निर्वाह गर्ने सहमति भएको बताइएको छ । यसको साथै दल विशेष केही सल्लाह गर्नुपर्ने अवस्था आएमा निरन्तर छलफल गर्ने तथा समग्रमा सत्तारुढ दलमा असहमति र असमझदारी छैन भन्नेमा छलफल भयो ।
बैठकमा अध्यादेशका बारेमा पनि छलफल भएको र बोल्ने नेताहरूले अध्यादेशमा राम्रा कुरा आएको र स्वागतयोग्य रहेको बताएको बर्तौलाको भनाई छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया