Techie IT
Samayabaddha
बिहीबार, १७ माघ, २०८१

मधेस केन्द्रित ८ राजनीतिक दलको कार्यदल गठन गर्ने निर्णय


काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलहरूको सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको मधेस केन्द्रित ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा। शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा। शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन् भने राजेन्द्र महत्तोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टीबाट एक सदस्य रहने प्रवक्ता सुमनले जानकारी दिए ।

कार्यदलले आगामी दिनमा दस्ताबेज लेख्ने, आगामी बैठकको संयोजन गर्ने उनले बताए । बैठकमा अध्यादेशका बारेमा छलफल चलेको र भूमिसम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण भएको प्रवक्ता सुमनले जानकारी दिए ।

प्रवक्ता सुमनले भूमिसम्बन्धी अध्यादेशले मधेसी, जनजाति आदिवासी लगायतका नागरिकलाई उनकै भूमिबाट वञ्चित गरी आप्रवासनका नाममा फेरि अर्को प्रयास भएको बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट