Techie IT
Samayabaddha
शुक्रबार, १८ माघ, २०८१

पटक–पटक विश्वासको मत लिने तमाशाबाट मुक्त भएका छौँ : प्रम ओली


काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै अब सत्ताको खेल बन्द भएको टिप्पणी गरेका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” प्रधानमन्त्री ओलीले भने, “पटक–पटक विश्वासको मत लिने तमाशाबाट मुक्त भएका छौँ ।”


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट