Techie IT
Samayabaddha
आईतबार, २० माघ, २०८१

यदि समाजवाद निर्माण हुन सक्दैन भने मलाई मृत्युदण्ड दिइयोस् : वामदेव गौतम


२० माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेशले देशमा समाजवाद निर्माण गर्न सकिने दाबी गर्दै नसकेको खण्डमा आफू मृत्युदण्डको सजाय भोग्न तयार रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले समाजवाद निर्माण गर्न सकिने दाबि गरे । ‘म आफूलाई दाउमा राख्न चाहन्छु,’ गौतमले भने, ‘मलाई मृत्युदण्ड दिइयोस् यदि समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस् । यति वर्ष भित्रमा समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु ।’

अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उनले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए ।

‘अहिले केही समयदेखि अध्यादेश राजनीतिक माहोल बनेको छ । म अध्यादेश पक्षधर पनि होइन, विपक्षमा पनि लागेको छैन । यसको सैद्धान्तिक कुरा थाहा छ,’ गौतमले भने ।

खिचडी राजनीतिलाई बहिष्कार गर्नुपर्ने उनको भनाई छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट