विवादित व्यक्तिसँग नारायण दाहालको विशेष सम्बन्ध: ठगी काण्डमा राजनीतिक संरक्षण

नारायण दाहालसँग श्री बल्लभ नेपाल
काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी घोटालामा श्री बल्लभ नेपाल, नेचर नेष्ट प्रालिका सञ्चालक, फरार रहेका समाचारसँगै उनको राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँगको विशेष सम्बन्धको रहस्य उद्घाटित भएको छ । पीडित निक्षेपकर्ताहरूले करोडौँ रुपैयाँको रकम फिर्ताको माग गर्दै आएका अवस्थामा प्रहरी अनुसन्धानमा उनको नाम विभिन्न कागजातहरूमा देखिएपछि र उनको राजनीतिक नेतृत्वमा देखिएको पहुँचले गम्भीर प्रश्नहरू उठाएको छ ।
स्वर्णलक्ष्मी सहकारी संस्था, जहाँ निक्षेपकर्ताहरूले जम्मा गरेको रकम, रवि लामिछाने, जीबी राई समेतको संलग्नतामा हिनामिना भएको आरोप लागेको छ । यस संस्थाको कतिपय संचालकहरूले सहकारीको सम्पत्ति बिक्री गरी भागेको तथ्य वाहिर आएको छ । पीडित निक्षेपकर्ताहरूले रकम फिर्ता नपाएकाकाले समाजमा असन्तोष र आक्रोश फैलिएको छ ।
अनुसन्धानका क्रममा कार्यालयका कागजातहरूमा श्री बल्लभ नेपालको नाम देखापरेको छ । जसको खोजी गर्दै गर्दा नारायण दाहालसँगको निकटता देखिएको छ । उनकै पहुँच र सम्बन्धका कारण पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेलामा प्रमको प्रेस सल्लाहकार भन्दै हिंडेको समाचार पहिला नै सार्वजनिक भएको हो ।
श्री बल्लभ नेपाल, बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्ला साविक बेलफी गाविस ७ का स्थायी बासिन्दा हुन् । नेचर नेष्ट प्रालिका सञ्चालकको रुपमा उनका नामले आर्थिक कारोबारमा प्रवेश देखिएको छ ।
राम्रोसँग स्थापित भएको राजनीतिक सम्बन्धका कारण, उनका नजिक रहेका नेताहरूमा पूर्व बागमती प्रदेशका अध्यक्ष र हाल राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल समेत उल्लेखित छन् । विभिन्न सूत्रका अनुसार, नारायण दाहालको संरक्षणमा रहेका कारण ठगी र गैरकानुनी कारोबारहरू उनले सजिलै गरेको पीडितहरु बताउँछन् ।
श्री बल्लभ नेपालका विरुद्ध बैंकिङ क्षेत्रसँग जोडिएका मिटरब्याज ठगीका घटनाहरूले पनि उनको आर्थिक अपराध पहिले नै उजागर भएको हो । रिपोर्टअनुसार, उनले आफूलाई प्रधानमन्त्री प्रचण्ड भएका बेलामा प्रमका “प्रेस सल्लाहकार” भएको झूटो दाबी गर्दै वित्तीय संस्थाहरूसँग ठगी गर्ने षडयन्त्र रचेको पनि पहिले नै समाचार सार्वजनिक भएको हो ।
बैंकका केही प्रमुख अधिकारीहरूलाई समेत उनका समर्थकको रूपमा उल्लेख गर्दै ठगीका घटनामा उनीहरूले साझेदारी गरेको आरोप लगाइएको छ । यस घटनाका पीडितहरूले बारम्बार फोन मार्फत धम्की, दबाब र आर्थिक बेइमानीका कारण मानसिक तनाव र आर्थिक संकट भोगेका छन् ।
श्री बल्लभ नेपालले राजनीतिक नेक्सस र माथिल्लो तहका नेताहरूको संरक्षणका आरोपले गर्दा ठगीका अपराधीहरूले सजिलै ठगी जारी राख्न पाएका हुन । नारायण दाहालसहित उनका नजिक रहेका खासगरी सिन्धुपाल्चोकका नेताहरूको संरक्षण र समर्थनले गर्दा ठगी र मिटरब्याजका अपराधीहरूलाई आवश्यक छानबिनबाट बाहिर राखिएको आरोप समाजमा उठिरहेको छ ।
विशेषगरी नेपाली राजनीतिमा उच्च तहका नेताहरूको शक्ति र प्रभावका कारण ठगीका घटनाहरूलाई समयमै रोक्न सकिएको छैन । राजनीतिक नेक्ससले ठगी र गैरकानुनी कारोबारहरूलाई संरक्षण पु-याउने वातावरण सिर्जना गरेको हुँदा पीडित निक्षेपकर्ताहरूको आवाज दबिरहेको छ । यस सम्बन्धमा प्रहरी प्रशासन र सहकारी नियमन निकायहरूलाई पारदर्शिता कायम गर्दै दोषीलाई कानुनी कारवाहीमा ल्याउने चुनौती ठूलो छ ।
स्वर्णलक्ष्मी सहकारी घोटालामा ठगीका कारण सयौं पीडित निक्षेपकर्ताहरू आर्थिक र मानसिक दुःख भोगिरहेका छन् । पीडितहरूले तत्काल दोषी अभियुक्तहरूलाई पक्राउ गरी हिनामिना गरेको रकम फिर्ता गराउने माग गरेका छन् । उनीहरूले प्रहरी प्रशासन र नियामक निकायको कार्यक्षमतामा गम्भीर प्रश्न उठाएका छन् ।
साथै, बैंक र वित्तीय संस्थाहरूमा ठगीका घटनाले गर्दा लगानी बजारमा विश्वास हराएको छ । पीडितहरूले आफ्नो बचत र लगानीबाट ठूलो घाटा बेहोरेका छन् र पारदर्शिता तथा जिम्मेवारी कायम हुने वातावरणको माग गर्दै आएका छन् । यी मागहरूका आधारमा सरकार र सम्बन्धित निकायहरूलाई कडाइका साथ छानबिन गर्दै दोषीलाई कारबाहीमा ल्याउनुपर्ने दबाब पनि बढेको छ ।
यस घोटालामा केवल आर्थिक बेइमानी मात्र होइन, राजनीतिक संरक्षण र शक्ति खेलका कारण ठगीका अपराधीहरू सजिलै फरार हुँदा पीडितहरूको न्याय प्राप्तिमा अवरोध आएको छ । यसबारेमा श्री बल्लभ नेपालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’का सहोदर भाइ बताउने नारायण दाहालले विवादित व्यापारी तथा राजनीतिक नेताहरूसँग अपारदर्शी आर्थिक कारोबार गर्दै आएको धेरै अगाडिदेखि उठ्दै आएको छ । स्रोतका अनुसार नारायण दाहालले विभिन्न राजनीतिक पहुँचका माध्यमबाट आर्थिक लाभ उठाउँदै आएका छन् ।
उनीमाथि विवादित व्यापारीहरूसँग साँठगाँठ गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ । उनको मात्र होइन, एकाघरका परिवारका अन्य सदस्यहरूको समेत सम्पत्तिको छानबिन गर्ने हो भने धेरै अनियमितता बाहिर आउने सम्भावना रहेको सरोकारवालाहरू बताउँछन् । समयबद्ध साप्ताहिकबाट
क्याटेगोरी : राजनीति
प्रतिक्रिया