राजतन्त्रविरुद्ध गर्जिएको जनयुद्ध र माओवादी भित्रका ‘छोटे राजाहरु’

तत्कालिन नेकपा (माओवादी) ले २०५२ सालमा थालनी गरेको जनयुद्धले यही फागुन १ गते ३० औंँ वर्षमा प्रवेश गरेको छ । संविधान सभाको निर्वाचन, संघीयताको स्थापना, लोकतन्त्र, धर्मनिरपेक्षता, राजतन्त्रको अन्त्य, राज्यका हरेक निकायमा समावेशीता, महिला अधिकार, बिभिन्न जाती, जनजाती, मधेशी, दलित, अल्पसंख्यकको अधिकार स्थापना, धर्मनिरपेक्षता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, छुवाछुतको अन्त्य, समतमूलक समाज निर्माण, राष्ट्रपतिय प्रणाली लागू, भष्टाचारको अन्त्य आदि माग राख्दै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे मागपत्र बुझाएको थियो । ती मागहरु कुनै पनि हालतमा पुरा नहुने बरु माओवादीका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेर जेल कोचिदिएपछि सबै ठिक हुने तत्कालिन सरकारले ओठे जवाफ दिएपछि माओवादीले जनयुद्धको उद्घोष गरेको थियो ।
माओवादी नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल, मोहन वैध किरण, हरिवोल गजुरेल, डा. बाबुराम भट्टराई, सीपी गजुरेल, इश्वरी दाहाल असारे काका लगायत सबैलाई आतंककारीको बिल्ला भिराएर टाउकाको मूल्य तोकियो । मारेर टाउको झोलामा ल्याउने वा जिउँदै पक्राउ गरेर ल्याए ५० लाख इनाम दिइने तत्कालिन सरकारले घोषणा गर्यो । नेपालको जनयुद्ध दवाउन विश्वका शक्तिशाली देशले अर्वौँ खर्च गरे । अत्याधुनिक हातहतियार सरकारले भित्र्यायो । तर जनयुद्ध दबिएन । झन उत्कर्षको शिखरतर्फ लम्कियो । अन्ततः २०६३ मंसिर ५ गते शान्तिसम्झौता मार्फत जनयुद्धको बिसर्जन भयो । माओवादी शान्ति प्रकृयामार्फत खुला राजनीतिमा अवतरण भयो । सेना समायोजन गरियो । राज्य पक्षबाट भएका हत्या, हिंसा, नातावाद, कृपावाद, भष्टाचार, बेरोजगारी, गरिबी, अनियमितता र राजनीतिक अस्थिरबाट आजित भएका जनताले अव त देशमा केही प्रगती, विकास, उन्नति, शान्ति, अग्रगमन, सुशासन आदि होला भनेर माओवादीलाई २०६४ सालको निर्वाचनमा बहुमत प्रदान गरे ।
जनयुद्धका कारण देशमा धेरै परिवर्तनहरु भए । शासन व्यवस्था फेरियो । जनयुद्धकै जगमा देशमा बिभिन्न जातिय आन्दोलनहरु भए । २०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा पनि मओवादीको सहभागित रह्यो । अहिले देश संवैधानिक रुपमा समाजवादउन्मुख छ । माओवादीले उठान गरेका अजेण्डामै देश अगाडि बढिरहेको छ । सोभियत संघको विघटन भइसकेपछि विश्वमै कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुगेको बेलामा दक्षिण एसियाली मुलुक नेपालमा कम्युनिष्ट पार्टीले माओवादीले सशस्त्र जनयुद्ध सुरु ग¥यो । त्यो समयको माग थियो । यो युद्धमा नेपाली जनताले भरपुर साथ दिए । सरकार र माओवादी बिद्रोही दुबै तर्फबाट नेपाल आमाका १७ हजार होनहार छोराछोरीको मृत्युवरण भयो । कैयौँ बेपत्ता, घाइते, टुहुरा बने । यसको कानूनी छिनोफानो अझै पनि भइसकेको छैन ।
पार्टीभित्र प्रतिस्पर्धात्मक लोकतन्त्र मर्दै गएको छ । हरेक भातृ संगठनमा नेतृत्व चयन गर्दा सम्भावित उम्मेदवारलाई दबाब र प्रभाव पारेर आफ्नो गुट वा समूहका व्यक्तिलाई जवर्जस्ती चयन गर्नु जनयुद्धको मर्म र भावना विपरित नै हो । पार्टी अध्यक्ष प्रचण्ड हरेक बैठक र भाषणम आफूहरु बिगतमा बिग्रिएको भन्दै आगामी दिनमा सुध्रिन्छौँ भनेर अत्माआलोचित पनि हुन्छन् । तर उनका यी भनाई केवल भाषणमै सिमित छन् । गल्ती औँल्याइदिने र आलोचनात्मक सुझाव दिनेलाई पार्टीबाट किनारा लगाइन्छ । त्यस्तालाई चुनावमा टिकट दिइँदैन, राज्यका बिभिन्न निकायमा नियुक्ति मिल्दैन ।
सयमक्रमसँगै नेपालका सबै कम्युनिस्ट शाक्तिहरु एक हुनुपर्छ भन्दै प्रचण्डकै पहलमा २०७५ जेठमा नेकपा (एमाले) र मावादीबीच पार्टी एकता भयो । पुनर्गठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको थियो । एसियामा चीन र भियतनामपछि ‘नेपाल कम्युनिष्ट पार्टी’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको थियो । ६ बुँदे एकता घोषणापत्र जारी गर्दै नेताहरुले आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताएका थिए । अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही चलाउन वा अहंकार देखाउन नभई देश बनाउन एकता गरेको बताएका थिए । तर प्रचण्डको भनाइ अनुसार ओलीको तानाशाही र अहंकारका कारण नैं पार्टी फुट्यो । प्रचण्डले त्यतिला भनेका थिए, केपी ओलीमा आफू सत्तामा नभए कुर्सी नै भाँचिदिने प्रबृत्ति छ, त्यही भएको हो । एकता हुँदा ओली–प्रचण्डले एकै स्वरमा भनेका थिए, ‘यो पार्टी टेम्पो जस्तो होइन, डबल इन्जिनको जेट प्लेन हो ।’ उनीहरुले एउटै पार्टीमा दुईजना अध्यक्षको व्यवस्था पनि गरेका थिए । जसरी जेट प्लेनमा डबल इन्जिन र चालक हुन्छन् । तर यो प्लेनले लामो यात्रा गर्न सकेन । प्लेन दुर्घटना भयो ।
प्लेन दुर्घटना हुँदा माओवादीमा धेरै हताहती, क्षती भयो । माओवादीका केही नेताहरु रामबहालुर थापा बादल, टोपबहादुर रायमाझ, प्रभु साह, लेखराज भट्ट, मणी थापाहरु एमालेमै रहिरहे । बाँकी आ–आफ्नो पुरानै घर फर्किए । केपी ओलीको अंकार झन झन चुलिँदै गयो । उनले तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको आडमा संसद विघटनसम्मका हर्कत गर्न भ्याए । अहिले मणी थापाले एमाले त्यागेका छन् भने भूटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी जेलमा पुगेका छन् । रामबहादुर थापा बादल एमालेमा गुमनाम जस्तै भएर बसेका छन् । उनका छोरा प्रतिक थापा सुन तस्करीको भ्रष्टाचार काण्डमा जेलमै छन् । सायद बादल छोराकै बचाउका लागि एमाले अध्यक्ष केपी ओलीको प्रिय पात्र बन्न जनयुद्धलाई हिंसाको उपमा दिँदै बसिरहेका छन् ।
मुखले जनयुद्धलाई ‘महान क्रान्ति’ भन्दै हिँडिरहेका प्रचण्ड व्यवहारतः जनयुद्ध बिरोधी नै देखिन्छन् । बालद मुख खोलेरै जनयुद्धविरुद्ध हुँकार पिटिरहेका छन् भने प्रचण्ड जनयुद्धमा गरिएका बाचा, जनतालाई छरेका अश्वासन शान्ति प्रकृयापछि सत्ता र शक्तिको लोभमा लत्याएर जनयुद्धप्रति घात गरिरहेका छन् । उनी आफ्नो स्वस्थ आलोचना पचाउनै नसक्ने, घरपरिवार र नातागोतामा बढि विश्वास गर्ने, क्रान्तिकारीहरुलाई पाखा लगाउने आदि व्यवहार गरेको पछिल्ला वर्षहरुमा देखिन्छ । त्यसैले त जनयुद्ध सँगै लाडेका धेरै सहयोद्धाले प्रचण्डलाई त्यागिसकेका छन् । निर्वाचनका बेला उम्मेदवारलाई दिइने टिकटमा राम्रा भन्दा पनि हाम्रा र गुटका अन्धभक्तहरुलाई टिकट दिने, सहिद, बेपत्ता आदिका परिवारलाई मुखले ठिक्क पारेपनि व्यहारले हेला र पक्षपात गरेको जनयुद्धकै सहिद परिवारहरुले बेला बेलामा प्रचण्डमाथि गुनासो र आरोप पोख्ने गरेका छन् ।
जनताले माओवादीलाई विश्वास गरिदिनुपर्ने तर प्रचण्डले जनयुद्धमा इमान्दारीपूर्वक सहभागी भएकालाई विस्वास नगरेर सचिवालयमा छोरीलाई र अन्य केही भ्रष्ट व्यक्तिलाई भर्ती गरेर सचिवालय नै भ्रष्ट आचरणको अखडा बनाएको माओवादीका एक पोलिटब्युरो सदस्यको आरोप छ । उनले यो जनयुद्धको भावनाविरुद्धको कार्य भएको बताए । पाटीका नेताभित्र मौलाउँदै गएको भ्रष्ट आचरण, राजषी जीवनशैली, दलाल र ठेकेदारको कब्जाम पार्टी पुग्नु र निर्वाचनमा मओवादीका उम्मेदवारहरु पराजीत हुनु नेतृत्वमा जनयुद्धविरुद्धको गलत व्यवहार अभ्यास भएको ती नेताको आरोप छ ।
पार्टीभित्र प्रतिस्पर्धात्मक लोकतन्त्र मर्दै गएको छ । हरेक भातृ संगठनमा नेतृत्व चयन गर्दा सम्भावित उम्मेदवारलाई दबाब र प्रभाव पारेर आफ्नो गुट वा समूहका व्यक्तिलाई जवर्जस्ती चयन गर्नु जनयुद्धको मर्म र भावना विपरित नै हो । पार्टी अध्यक्ष प्रचण्ड हरेक बैठक र भाषणम आफूहरु बिगतमा बिग्रिएको भन्दै आगामी दिनमा सुध्रिन्छौँ भनेर अत्माआलोचित पनि हुन्छन् । तर उनका यी भनाई केवल भाषणमै सिमित छन् । गल्ती औँल्याइदिने र आलोचनात्मक सुझाव दिनेलाई पार्टीबाट किनारा लगाइन्छ । त्यस्तालाई चुनावमा टिकट दिइँदैन, राज्यका बिभिन्न निकायमा नियुक्ति मिल्दैन । कुशे औँशिका दिनमा ‘आज मेरो बुवाको मुख हेर्ने दिन हो, बुवालाई शुभकामना छ’ भन्दै सामाजिक सञ्जालमा लेखेर उनको सचिवालयका कर्मचारीलाई ट्याग गर्नेहरु प्रचण्डका प्रिय र खास पात्र बन्छन् । त्यस्ताले राज्यका नियम, कानूनको पालना पनि गर्नुपर्दैन । श्रमको सम्मान र श्रमजीवी ऐन उनीहरुले पालना गर्नु पर्दैन । प्रचण्डसँग फोटोसुट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि उसको दिनचर्या मज्जाले गुज्रिन्छ । जनयुद्ध हिँसा थियो भनेर बादलले भन्नु भन्दा बढि नै यो प्रबृत्ति खतरनाक छ । यिनैले हो जनयुद्धलाई कमाइ खाने भाँडो बनाएको । यही प्रबृत्तिका लागि महान सहिदहरुले जनयुद्धमा ज्यान अर्पण गरेका होइनन् । यदि नेतृत्वबाट यस्तै गल्ती, कमजोरी पटक–पटक दोहोरिन्छन् भने हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउनुको कुनै औचित्य रहँदैन ।
तर, सत्यको उज्यालो छोपेर छोपिँदैन । गणेश प्रवृत्तिले जति गरे पनि सत्य सतीसाल झैं उभिइरहन्छ । वलिदानपूर्ण जनयुद्ध महान र अमर छ !
क्याटेगोरी : बिचार, राजनीति
प्रतिक्रिया