हुकुमी शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको दिनलाई कसरी मनाउने ?

हामीले खाने प्रत्येक गाँसमा रगत छ सहिदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ सहिदको
हाम्रो मुटुको प्रत्येक चालमा धडकन छ सहिदको
हाम्रा खुसीका प्रत्येक पलमा जीवन छ सहिदको –कवि भूपि शेरचन
आज जहाँनिया हुकुमी शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको दिन हो । नेपालमा वि.सं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते मनाइन्छ ।
व्यक्तिगत जीवनको नाफाघाटा नहेरेर, बृहत्तर समाजको हितका लागि आफ्नो जिन्दगी सहिदहरुले अर्पण नगरेको भए आज राणा शासन र पञ्चायत लगायत विभिन्न निरंकुशतन्त्रहरुको जन्जिर भन्दा बाहिर आउँन त यतिबेलासम्म सकिन्थ्यो होला तर यो कार्य ढिला भने पक्कै हुने थियो ।
त्यही कारण हामी आजको दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौँ । राणाहरुको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा प्रजातन्त्र छाएको थियो । विगतमा यो दिनको बेग्लै महत्व थियो । वि.सं. २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा परेको छ । अब ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले ठाउँ लिएको छ । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ र ‘गणतन्त्र’ले लिएको छ । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा, पञ्च र शाहीकै धङधङी देख्न सकिन्छ ।
तर, यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा बेग्लै महत्व छ । वि.सं.२००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो । यदि राजाले साथ नदिएका भए प्रजातन्त्र स्थापनामा अझै समय कुर्नुपथ्र्यो होला !
प्रजातन्त्रको स्थापना भएपछि राणा शासकद्वारा प्रताडित जनताले स्वतन्त्रताको सास फेर्न पाए । प्रजातन्त्रसँगै आफूलाई लागेका विषयमा खुला रुपले बोल्न पाए । मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, जनताले पाउँदै आए । जनता टाठा–बाठा र अधिकारसम्पन्न हुँदै आए । त्यहीकारण आजको दिनलाई प्रजातन्त्रको दिवसको रुपमा सात दसकदेखि मनाइँदैछ ।
प्रजातन्त्रको स्थापना भएपछि राणा शासकद्वारा प्रताडित जनताले स्वतन्त्रताको सास फेर्न पाए । प्रजातन्त्रसँगै आफूलाई लागेका विषयमा खुला रुपले बोल्न पाए । मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, जनताले पाउँदै आए । जनता टाठा–बाठा र अधिकारसम्पन्न हुँदै आए । त्यहीकारण आजको दिनलाई प्रजातन्त्रको दिवसको रुपमा सात दसकदेखि मनाइँदैछ । प्रजातन्त्रकै लागि लडेका शहीदको सम्झनामा हामी हरेक वर्षको माघ १६ मा शहीद दिवस पनि मनाउछौँ । अनि आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले प्राप्त भएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै आएको छ ।
तर, नेपाली नागरिकले प्रजातन्त्र निर्वाध भोग गर्न पाएनन् । ३० वर्षे पञ्चायती व्यवस्था पनि राणाशाही जस्तै भयो । फेरि २०४६ मा प्रजातन्त्र स्थापना भयो, त्यसमा पनि वि.सं.२०६१ माघ–१९मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले संसद बिघटन गरेसँगै प्रजातान्त्रिक अधिकार दरबारले खोस्यो । यसैको बिरोधमा वि.सं.२०६२÷६३ सालमा दोस्रो जनआन्दोलन भयो । १९ दिने जनआन्दोलनमा धेरैले ज्यानको आहुती दिनुप¥यो । आन्दोलनको सफतासँगै मुुलुक उन्नत किसिमको प्रजातन्त्र अर्थात, लोकतन्त्रमा प्रवेश ग¥योे । दरबारले खोसेको प्रजातन्त्र पूनस्र्थापित गर्न श्रमजीवी, कलमजीवी, मजदुर, किसान, सम्पूर्ण व्यवसायी, कार्मचारी, राजनीतक दलका नेताहरुको उल्लेख्य भूमिका रह्यो ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना सहिदहरुको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । संविधानतः देश ‘समाजवाद उन्मुख’ छ । हामी सात दशक यताका सबैखाले संघर्ष र आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुको साँचो अर्थमा कार्यान्वयनको चरणमा छौँ । यस क्रममा हाम्रासामु थुप्रै चुनौतीहरु देखा परेका छन् । चुनौतीहरुको सामना गर्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्शहरुलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार हो । लोकतन्त्र सिद्धान्तसँगै हाम्रो चिन्तन, जीवन पद्धति, व्यवहार र पुस्तान्तरणको महत्वपूर्ण संस्कार समेत हो । यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहनु अनिवार्य हुन्छ ।
लोकतन्त्रको समीक्षा यसको अभ्यासमा आधारित रहन्छ । जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुन्छ । लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो । थप सजग र सचेत भएर लोकतन्त्रको संस्थागत अभ्यास सुनिश्चित गर्न सक्दा नागरिकमा सकारात्मक सन्देश प्रवाह हुन्छ ।
वि.सं. २००७ सालदेखि अहिलेसम्म मुलूकले छ वटा संविधान प्राप्त गरेको भएतापनि सोही सालको क्रान्तिबाट स्थापित एजेन्डालाई साकार पार्दै वि.सं. २०७२ मा जारी भएको नेपालको संविधान मुलुकको शासन व्यवस्था सञ्चालनको गतिशील दस्तावेज हो । संविधानप्रति मुलूकका सबै समुदायको स्वीकार्यता र अपनत्व फराकिलो बनाउन व्यवस्थापिका संसद र संसदमा सामेल सबै राजनीतिक दलको सहभागीतामा समयानुकुल संविधान संशोधन हुन जरुरी छ । संविधानको स्वीकार्यता बढाएर त्यसको पूर्णं कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जातजाति, भाषा, धर्म, समुदायको सुदृढ राष्ट्रिय एकताको बल र आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता हो ।
जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहेका प्रजातन्त्रका सेनानीहरुप्रति पनि हामीले उच्च सम्मान प्रकट गर्न जरुरी छ । वि.सं. २००७ सालदेखि अहिलेसम्म मुलूकले छ वटा संविधान प्राप्त गरेको भएतापनि सोही सालको क्रान्तिबाट स्थापित एजेन्डालाई साकार पार्दै वि.सं. २०७२ मा जारी भएको नेपालको संविधान मुलुकको शासन व्यवस्था सञ्चालनको गतिशील दस्तावेज हो । संविधानप्रति मुलूकका सबै समुदायको स्वीकार्यता र अपनत्व फराकिलो बनाउन व्यवस्थापिका संसद र संसदमा सामेल सबै राजनीतिक दलको सहभागीतामा समयानुकुल संविधान संशोधन हुन जरुरी छ । संविधानको स्वीकार्यता बढाएर त्यसको पूर्णं कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जातजाति, भाषा, धर्म, समुदायको सुदृढ राष्ट्रिय एकताको बल र आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता हो । यसका लागि सरकार सम्वाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील हुनुपर्छ । शहिदका अधुरा सपनाहरु पूरा गरी लोकतन्त्रलाई संस्थागत गर्न सबैले आ—आफ्नो ठाँउमा इमान्दार र प्रतिवद्ध रहि सकारात्मक सोचकासाथ अगाडि बढ्नु नैं सही अर्थमा प्रजातन्त्र दिवस मनाउनु हो ।
जनताको आवाज बोल्ने थलो संसदमै प्रतिनिधित्व गर्ने राप्रपाले अहिलेको शासन व्यवस्थाप्रति बिरोध जनाउँदै लोकतान्त्रिक गणतन्त्र खारेजको माग गर्दै आएको छ । तर प्रजातन्त्र वा लोकतन्त्रको बिकल्प राजतन्त्र हुन सक्दैन । जनता उक्त व्यवस्थाप्रति आजित भइसकेका छन् । हामीले अझै उन्नत किसिमको प्रजातन्त्रको कामना र कल्पना गर्नुपर्छ । हामी पश्चगमनको दिशामा जाने कल्पना गर्नु पनि हुँदैन । त्यसैले त कवि भूपि शेरचन लेख्छन् ः
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका सहिदको प्यारो लासले धिक्कार्ला ।
क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति
प्रतिक्रिया