Techie IT
Samayabaddha
शुक्रबार, ९ फागुन, २०८१

माओवादी पार्ट नयाँ सरकार बनाउन र गिराउने दाउमा छैन : नारायणकाजी श्रेष्ठ


ताप्लेजुङ, ७ फागुन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्ट नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन् ।

प्रेस सेन्टर ताप्लेजुङद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउने लागेको स्पष्ट पारे ।

उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको छ ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट