Techie IT
Samayabaddha
आईतबार, ११ फागुन, २०८१

केपी ओली फेरि झम्टीझम्टी संसद विघटनको बाटोमा अग्रसर छन् : अग्नी सापकोटा


काठमाडैं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नी सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद् विघटनको बाटोमा अग्रसर रहेको आरोप लगाएका छन् ।

आइतबार माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै पूर्व सभामखु तथा पार्टीका प्रवक्तासमेत रहेका सापकोटाले सो आरोप लगाएका हुन् ।

उनले भने, ‘म आफैँ सभामुख भएको बेला अहिलेका प्रधानमन्त्री ओलीजीले संवैधानिक व्यवस्थाविपरीत संसद विघटन गरेका थिए । अहिले पनि फेरि झम्टीझम्टी संसद विघटनको बाटोमा अग्रसर भइरहेका छन् ।’

तत्कालीन समयमा सभामुख रहेका सापकोटाकै कार्यकालमा तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक संसद् विघटन गरेका थिए । तर, दुवै पटक सर्वोच्च अदालतले सो विघटनलाई बदर गरिदिएको थियो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट