कुलमान घिसिङलाई बर्खास्त गरे प्रतिरोध गर्ने माओवादीको चेतावनी

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद मोदीले प्राधिकरणलाई नाफामा लैजाने घिसिङलाई हटाउन खोजेको बताए ।
“जसले नेपाल विद्युत् प्राधिकरण घाटामा थियो, आज नाफामा लग्दै छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका कारणले लोडसेडिङ मुक्त भएको छ । तर, आज सरकार स्पष्टकीरण सोधेर बर्खास्तको तयारी गरिरहेको छ,” उनले भने ।
सांसद मोदीले घिसिङले जनताको पक्षमा काम गरिरहेको भन्दै हटाए पार्टीले नै प्रतिरोध गर्ने बताए । “जसले राम्रो काम गरिराखेको छ । जनताको पक्षमा काम गरिरहेको छ । सरकारले राम्रो काम त गर्न सकेन, राम्रो काम गर्नेलाई पनि हटाइरहेको छ । त्यस्तो हो भने प्रमुख प्रतिपक्ष दलले त्यसको प्रतिरोध गर्छ,” उनले भने ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया