Techie IT
Samayabaddha
सोमबार, १२ फागुन, २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको संघीयता सवलीकरणको कार्यक्रम ‘फ्रड’ रहेको विषय संसदमा उठ्यो


काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संघीयता सवलीकरणको कार्यक्रम ‘फ्रड’ रहेको बताएको विषय नेपालको संसदमा उठेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठक नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले ट्रम्पले भनेजस्तै फ्रड हो भने संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग गरे ।

‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले अमेरिकाको आर्थिक समृद्धितर्फ जानुपर्छ भन्ने नीतिअन्तर्गत नेपालमा सञ्चालित एमसीसी, जैविक विविधता संरक्षणलगायतका विभिन्न कार्यक्रमहरूलाई स्थगित गर्नुभएको छ । स्थगित मात्र गर्नु भएन, नेपालमा सञ्चालित आयोजनहरूलाई फ्रड पनि भन्नुभएको छ । दुई देशको सम्झौताअनुसार अघि बढेको कार्यक्रमलाई एकपक्षीय ढङ्गले स्थगित गर्नु र फ्रड भन्नु कूटनीतिक मर्यादाविपरीत छ,’ उनले भने ।

उनले अगाडि थपे, ‘यस सन्दर्भमा नेपाल सरकारले बोल्न जरुरी छ । यदि फ्रड नै हो भने यस्ता संस्थाहरूको संसदीय विशेष छानबिन आयोग गठन गरेर छानबिन गर्न माग गर्दछु ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट