Techie IT
Samayabaddha
बुधबार, १४ फागुन, २०८१

के माओवादी बौरिन सम्भव छ ?


नेपालको राजनीतिमा महत्वपूर्ण परिवर्तन ल्याउनु भएका माओवादी आन्दोलनका शीर्ष नेताहरू हाल विभिन्न ध्रुवमा विभाजित रहनु भएको छ । कहिल्यै एकै ठाउँ नआउने झैं देखिनु भएका यी नेताहरू पुनः एउटै मोर्चामा उभिन सक्नुहोला त ? पहल गर्दा त्यो सम्भावना कति छ ? एकै ठाउँमा ल्याउन सम्भावित राजनीतिक मार्गचित्र के हुन सक्ला ?

नेपालमा जनयुद्ध सुरु गरेर राजनीतिक परिवर्तनको नयाँ आयाम कोर्ने नेताहरूमध्ये एक प्रभावशाली नेता डा. बाबुराम भट्टराई झन्डै एक दशकदेखि ‘नयाँ शक्ति’ को खोजीमा हुनुहुन्छ । तर, उहाँको प्रयासले न त प्रभावशाली राजनीतिक हैसियत स्थापित गर्न सक्यो न सशक्त सांगठनिक उपस्थिति देखाउन । उता, माओवादी आन्दोलनलाई पुनः सशक्त बनाउन चाहने मोहन वैद्य किरण, सीपी गजुरेललगायत नेताहरू पछिल्लो समय राजनीतिक रूपमा झन् खुम्चिँदै जानु भएको छ ।

सशस्त्र जनयुद्धको नेतृत्व गर्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो दशक संसदीय गणितमा सीमित रहनुभएको छ । कहिले एमाले, कहिले कांग्रेससँग गठबन्धन गर्दै सत्ताको केन्द्रमा रहन एक हदसम्म सफल भए पनि अब त्यो बाटोबाट बाहिर निस्कनुपर्ने चर्चा उहाँ स्वयंले गरिरहनु भएको छ । त्यतिवेलाका अर्का प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’ भने एमालेसँगको माओवादी केन्द्रको एकतापछि एमालेमा सक्रिय हुनुहुन्छ ।

अब प्रश्न उठ्छ— यी शीर्ष नेताहरू पुनः एउटै मोर्चामा उभिन सक्नुहोला ? वर्तमान राजनीतिक सन्दर्भमा उहाँहरूको बुझाइ र अडान के छ ? विगतका वैचारिक यात्राहरूका क्रममा उहाँहरु कहाँ चुक्नुभयो ? त्यसको समीक्षा गरेर भविष्यको सम्भावित मार्गचित्र कोर्न तयार हुनुहोला ?

यही सन्दर्भमा हामीले गम्भीर छलफल आवश्यक देखेका छौँ । पहिलो संवाद डा. बाबुराम भट्टराईसँग भएको छ । तालिमले आर्किटेक्ट भएर पनि त्यो पेशा नअपनाउनु भएका डा. भट्टराईले नेपाली समाजको ‘आर्किटेक्चर’ बदल्न झन्डै पाँच दशक समर्पित गर्नुभयो । जनयुद्धका प्रमुख रणनीतिकारमध्ये एक भट्टराईको राजनीतिक सिद्धान्त, रियलपोलिटिक, भविष्यको सम्भावना कतातिर जाँदैछ भन्ने विषयमा विस्तृत छलफल गरेका छौँ ।

माओवादी आन्दोलनका विभाजित धारहरू पुनः नयाँ शिराबाट एउटै कित्तामा आउने सम्भावनाका बारेमा हामीले डा. बाबुराम भट्टराईको मत निकै सकारात्मक पायौं । मार्क्सवादलाई नयाँ सन्दर्भमा विकास गर्ने विचारलाई स्पष्टसँग उहाँले राख्नुभएको छ । सुनौं, उहाँसँगको छलफल- महेश्वर दाहाल




क्याटेगोरी : भिडियो, राजनीति

प्रतिक्रिया


ताजा अपडेट