Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

माओवादी र मधेसीको सम्बन्धलाई विगारेर अरुले लाभ लिए : प्रचण्ड


सप्तरी, १६ फागुन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र मधेसीलाई फुटाउने काम भएको आरोप लगाएका छन् ।

०६४ सालमा धेरै राम्रो सम्बन्ध रहेकोमा पछि माओवादी र मधेसी जनतालाई फुटाउने काम भएको उनको भनाइ छ । जनतासँग माओवादी र तराई मधेस जागरण अभियानका क्रममा सप्तरीको तिलाठी कोइलाडी पुगेका प्रचण्डले सम्बन्ध विगारेर अरुले लाभ लिएको बताए ।

“०६४ सालमा माओवादी र मधेसी जनताको असाध्यै राम्रो सम्बन्ध थियो । तर, पछि माओवादी र मधेसी जनताको एकतालाई फुटाउने षड्यन्त्र भयो,” प्रचण्डले भने, “यो देशमा मधेसी जनताको सशक्तीकरण भएको थियो । माओवादी र मधेसी फुटाएपछि दुबै कमजोर बनाउन सकिन्छ भनेर षड्यन्त्र भएको थियो ।”

उनले त्यो षड्यन्त्र चिर्ने र माओवादी र मधेसीको एकता फेरि बलियो पार्ने उद्देश्यले हुलाकी राजमार्ग केन्द्रित अभियान संचालन गरिएको बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट