Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । बैठकमा अध्यादेश, संविधान संशोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

सरकारले भूमि तथा सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरेपनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन । खासगरी राष्ट्रिय सभामा सत्तापक्षको बहुमत नभएपछि अध्यादेश अघि बढ्न सकेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित र नियमित विधेयकहरू संसदमा लैजाने निर्णय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यसका साथै संसदमा विचाराधीन विधेयकहरू छिटो अघि बढाउन एमाले कांग्रेसका प्रमुख सचेतकहरूले द्रुत गतिमा काम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

फागुन २१ अघि अध्यादेशमा जसपा र लोसपालाई मनाउन सत्तारुढ दलले प्रयास गर्ने निर्णय भएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट