रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन

रौतहट, १७ फागुन । रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज (फागुन १७) बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए ।
उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए ।
क्याटेगोरी : पालिका, राजनीति
प्रतिक्रिया