Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

मिटरब्याज पीडितका समस्या समाधान गर्न अझै जालझेल भइरहेको छः प्रचण्ड


महोत्तरी, २२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितका समस्या समाधान गर्न अझै पनि जालझेल भइरहेको बताएका छन् ।

बिहीबार महोत्तरीमा पीडितका गुनासो सुनेका प्रचण्डले मिटरब्याज पीडितका समस्याप्रति गम्भीर भएर ऐन, संरचना बनाएर काम अघि बढाउन खोजिए पनि अझै जालझेल भइरहेको बताए ।

देशका सबै जिल्लामा मिटरब्याज पीडितको समस्या देखिएकाले यसलाई दीर्घकालीनरूपमा नै समाधान गर्नुपर्ने उनको भनाइ छ ।

उनले मिटरब्याज पीडितका समस्या समाधान गर्न माओवादीले बल गर्ने धारणा राखे । देशका सबै जिल्लामा मिटरब्याज पीडितको समस्या देखिएकाले यसलाई दीर्घकालीनरूपमा नै समाधान गर्नुपर्ने उनको भनाइ छ ।

मिटरब्याज पीडितहरूले आफूहरूको समस्या राज्यले नसुनेको र पीडा थपिँदै गएको गुनासो गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट