Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

पूर्व राजा ज्ञानेन्द्रलाई सडकमा आफूले ल्याएको प्रसाईंको दाबि !


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्रलाई आफूले सडकमा ल्याएको दावि गरेका छन् । उनले आफूले पूर्व राजालाई सडकमा ल्याउने वाताबरण निर्माण गरेपछि राप्रपा र राप्रपा नेपालले ढोक्सा थापेको आरोप लगाएका छन् । प्रसाईंले राजेन्द्र लिङ्देन र कमल थापालाई ‘गणतन्त्रको भोज खाएर माहोल बनेपछि ढोक्सा थाप्न आउने ?’ भन्दै प्रश्न गरेका छन् ।

प्रसाईंले भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै अहिलेसम्म पूर्वराजालाई सडकमा ल्याउन कसैले नसकेको बताए ।

आफूले केही वर्षअघि राजा ल्याउने अभियान चलाउँदा सबैले खेदो खनेको उनको भनाइ थियो । उनले पूर्वराजालाई हात समातेर नारायणहिटी छिराउने आफूले तयारी गरिरहेको समेत दाबि गरे ।

प्रसाईंले राजसंस्था हट्नुमा कमल थापा र राजेन्द्र लिङ्देनको भूमिका रहेको आरोप समेत लगाएका छन् । उनीहरुले २०७२ मा संविधान जारी गर्दा हस्ताक्षर नगरेको भए राजसंस्था जोगिने बताउँदै प्रसाईंले अहिले आफूले माहोल बनाएपछि उनीहरु धमिलो पानीमा माछा मार्न आएको भन्दै रोष प्रकट गरेका छन्।

प्रसाईंले राप्रपा देखाउनका लागि काठमाडौं महानगरपालिकामा १ लाख रुपैयाँ जरिवना तिर्न गएको आरोपसमेत लगाए ।

चैतदेखि राप्रपाले आन्दोलन गर्न लागेको भन्दै आफूलाई पनि सहकार्यका लागि बोलाएकोमा उनले आक्रोश पोखे । आफूलाई गोठाला जस्तो सोचेको भन्दै उनले राप्रपाहरुसँग भन्दा राजसँग मिलेर आन्दोलन गर्ने बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट