Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

राजावादीको प्रदर्शन ठुलो प्रतिगामी षड्यन्त्र : समाजवादी मोर्चा


काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रलाई उल्ट्याउन राजावादीहरूले ठुलो प्रतिगामी षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ । मंगलबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रतिगामी षड्यन्त्रबारे गम्भीर समीक्षा भएको मोर्चाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए ।

‘२०६५ सालमा नेपाली जनताले हटाइसकेको र तिरस्कार गरिसकेको राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने जुन हर्कत चलिराखेका छन् । यसलाई हामीले ठुलो प्रतिगामी षड्यन्त्र भएको निष्कर्ष निकालेका छौँ । वस्तुनिष्ट ढंगले विश्लेषण गरेको छौँ । षड्यन्त्रबारे गम्भीर समीक्षा गरेको छौँ’, उनले भने ।

मोर्चाले २५ गते राजावादीको जुलुसलाई ठुलो घटना घटाउने कुचेष्टा भएको ठहर गरेको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट