राप्रपा युवा नेता निराजन बम रिहा

काठमाडौं । राप्रपाका युवा नेता निराजन बम रिहा भएका छन् । आइतबार दिउँसो मकवानपुरबाट पक्राउ परेका बम साँझ रिहा भएको राप्रपा प्रवक्ता सगुन लावतीले जानकारी दिए ।
उनले शनिबार पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएका थिए । सोही आरोपमा उनलाई मकवानपुर प्रहरीले काठमाडौं फर्किने क्रममा पक्राउ गरेको थियो ।
उनी पक्राउ परेको खबरपछि प्रचण्ड स्वयमले उनलाई रिहा गरिनुपर्ने धारणा राखेका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया