मार्क्सवादी दर्शनमा वाद–प्रतिवाद–सम्वादको द्वन्द्वात्मक भौतिकवाद सिद्धान्त लागू हुन्छ : हरिवोल गजुरेल

काठमाडौं, ४ चैत । नेकपा (माओवादी केन्द्रका) नेता एवम् पूर्वमन्त्री हरिवोल गजुरेलले मार्क्सवादी दर्शनमा वाद–प्रतिवाद–सम्वाद (थेसिस–एन्टीथेसिस –सिन्थेसिस) को द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त लागू हुने बताएका छन् । यसले समाज र विचारको निरन्तर परिवर्तनलाई व्याख्या गर्ने उनको धारणा छ ।
सामाजिक सञ्जालमा गजुरेल लेख्छन्, ‘राजनीतिमा पनि एकता–संघर्ष–रूपान्तरणको नियम लागु हुन्छ, जसले पार्टीभित्र आन्तरिक संघर्षलाई सकारात्मक दिशामा लैजाने सिद्धान्त दिन्छ।’
उनी थप विश्लेषण गर्छन्, ‘तर, पार्टीभित्रको गुटबन्दी भने फरक कुरा हो। द्वन्द्वात्मक भौतिकवाद र पार्टी सिद्धान्तअनुसार, संघर्ष विचारको हुन्छ, व्यक्तिको होइन। तर जब पार्टीभित्र गुटबन्दी हुन्छ, तब विचारभन्दा व्यक्तिको हित, सत्ताको मोह र संकीर्ण स्वार्थ हावी हुन्छ।’
गुटबन्दीको कारण र यसको सानबारे नेता गजुलेको धस्तो धारणा छ :
१. विचारभन्दा व्यक्तिको प्रधानता – जब पार्टी सिद्धान्तभन्दा व्यक्ति वा समूह हाबी हुन्छ, गुटबन्दी जन्मिन्छ।
२ सत्ता वा अवसरको लोभ – नेतृत्वमा पुग्न र अवसर सुरक्षित गर्न गुटबन्दी हुने गर्छ।
३ संगठनात्मक कमजोरी – यदि पार्टी सुदृढ छ भने विचारगत बहस हुन्छ, यदि कमजोर छ भने गुटबन्दी हावी हुन्छ।
४अवसरवादको प्रभाव – जब वर्ग संघर्षको सट्टा व्यक्तिगत स्वार्थ प्रधान हुन्छ, पार्टी सिद्धान्त गुटबन्दीले ओझेलमा पार्छ।
समाधान के हुन सक्छ ?
विचारको संघर्षलाई संस्थागत बनाउने – विचार बहस खुला राख्ने, लोकतान्त्रिक केन्द्रीयता मजबुत बनाउने।
गुटबन्दी विरुद्ध कडा नीति अपनाउने – व्यक्तिवादी र अवसरवादी प्रवृत्तिलाई निरुत्साहित गर्ने।
कार्यकर्ताको राजनीतिक प्रशिक्षण बलियो बनाउने – मार्क्सवादी सिद्धान्त र वर्ग संघर्षको चेतना अभिवृद्धि गर्ने।
लोकतान्त्रिक केन्द्रीयता मजबुत बनाउने – नीतिगत बहस खुला तर निर्णयमा एकता आवश्यक पर्ने।
तसर्थ, गुटबन्दी मार्क्सवादी पार्टीका लागि घातक हुन्छ। वर्ग संघर्षको दिशामा केन्द्रित रहने हो भने पार्टीभित्र गुटबन्दीको सान रहने ठाउँ हुँदैन।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया