माओवादीले भ्रष्टाचारी जोगाउन बनेको सरकारसँग मिलनविन्दु देखेको छैन : प्रचण्ड

काठमाडौँ, ४ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले सरकारमा जाने कुनै नीति नलिएको स्पष्ट पारेका छन्। राजावादीहरू सलबलाएपछि कांग्रेस, एमाले र माओवादीबीच राष्ट्रिय सरकार बन्ने चर्चा भइरहेका वेला उनले यस्तो बताएका हुन्।
जसपा नेता राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीले भ्रष्टाचारी जोगाउन बनेको सरकारसँग मिलनविन्दु नदेखेको बताए।
उनले सत्तारुढ दलका नेतृत्वसँग संक्रमणकालीन न्यायलगायत अन्य विषयमा कुराकानी भएको तर सरकारबारे कुनै कुराकानी नै नभएको जिकिर गरे।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया