काठमाडौंको आरआर क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं, ५ चैत । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगन गरिएको छ । मंगलबार (चैत ५) बिहान एक सूचनामार्फत यस्तो जानकारी गराइएको हो ।
निर्वाचनका निम्ति सम्पूर्ण तयारी भइसकेको अवस्थामा क्याम्पस प्रवेशद्वारमा तालाबन्दी गरिएकाले हाललाई चुनाव रोकिएको जनाइएको छ ।
“यही मिति २०८१/१२/०५ गते यस क्याम्पसको स्ववियु निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको अवस्थामा क्याम्पस प्रवेशद्वारमा तालाबन्दी भएकोले प्रतिकूल अवस्था सिर्जना भएकाले सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगन गरिएको बोहोरा सूचित गरिन्छ,” निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा. पदमकुमार अधिकारीद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।
नेकपा (एमाले) निकट अनेरास्ववियुमा आबद्ध विद्यार्थीले सोमबार (चैत ४) क्याम्पसको मूल गेटमा ताला लगाएर स्ववियु चुनाव रोक्न माग गरेका थिए ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धनप्राप्त धेरै क्याम्पसमा स्ववियु निर्वाचनअन्तर्गत आज मतदान जारी छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया