Techie IT
Samayabaddha
मंगलबार, ४ चैत्र, २०८१

राजावादीको जुलुसबारे कांग्रेस बैठकमा गृहमन्त्रीले गरे ब्रिफिङ


काठमाडौं । अघिल्लो हप्ता पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने समय पारेर राजावादीहरूले निकालेको जुलुसबारे कांग्रेसले सरकारबाट ब्रिफिङ लिएको छ ।

पार्टी नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले आज सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा राजावादीहरूले निकालेको जुलुसबारे ब्रिफिङ गरेका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।

‘राजावादीहरूले निकालेको जुलुसबारे बैठकका गृहमन्त्री रमेश लेखकले ब्रिफिङ गर्नुभयो । जुलुस गर्न कसरी र कुन प्रक्रियाबाट दिइयो, त्यसबारे पार्टी नेताहरूलाई उहाँले जानकारी दिनुभयो,’ उपाध्यायले भनिन् ।

सँगै गृहममन्त्री लेखकले समसामयिक राजनीतिबारे पनि ब्रिफिङ गरेका थिए । बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पार्टी भ्रातृसंस्था नेपाल विद्यार्थी संघका कारण रोकिएका क्याम्पसमा यथाशक्य गर्ने वातावरण बनाउने विषयमा पनि छलफल भएको थियो ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट