Techie IT
Samayabaddha
शुक्रबार, ७ चैत्र, २०८१

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित


काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव स्थगित भएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा यसअघि भोलिका लागि मतदानको कार्यक्रम तय भएको थियो । तर स्ववियु निर्वाचन समितिले सूचना निकालेर चुनावको कार्यक्रम स्थगित भएको जनाएको छ ।

केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनावको विषयमा उच्च अदालत पाटनमा मुद्दा परेकोमा मुद्दामाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा आजका लागि पेशी तोकिएको थियो । आज अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले अन्तरिम आदेशका लागि १० गते तोकिएको छ ।

त्रिविका ६२ वटा आङ्गिक क्याम्पसमध्ये २१ वटामा चुनाव स्थगित भएको छ । अस्ति आङ्गिक र सम्बन्धन प्राप्त गरी तीन सय वटाभन्दा धेरै क्याम्पसमा चुनाव भएको थियो । अहिले नतिजा आउने क्रम चलिरहेको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट