प्रेस चौतारीमा सर्वसम्मतका नाममा निरंकुशता, प्रेस सेण्टरका नेतृत्व उत्साहित

काठमाडौं, १२ चैत । नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालले सर्वसम्मत निर्णयको नाममा निरंकुशता लादेपछि प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, उपाध्यक्ष निर्मल ज्ञवाली र महासचिव सन्तोष पौडेल उत्साहित भएका छन् । प्रेस चौतारीको पछिल्लो घटनाक्रमलाई लिएर उनीहरूले यसलाई आफूहरूका लागि अवसरका रूपमा हेरेका छन् ।
प्रेस चौतारीमा सर्वसम्मतिको नाममा विचार, बहस, प्रतिस्पर्धाको सम्भावना नै समाप्त पार्ने प्रयास भयो । नेकपा (एमाले) भित्र प्रेस चौतारीलाई निरंकुशता लादेर चलाउने प्रवृत्तिले प्रेस सेन्टरका नेताहरूलाई ओलीले गरेको रणनीति पछ्याउने प्रेरणा मिलेको देखिन्छ ।
यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत आफ्ना भजन गाउने पत्रकार नेतालाई व्यवस्थापन गर्ने प्रयास तीव्र बनाएको आन्तरिक स्रोतहरू बताउँछन् ।
प्रेस चौतारीमा स्वस्थ प्रतिस्पर्धालाई दबाउने प्रयास भएजस्तै प्रेस सेन्टरमा पनि आन्तरिक रूपमा नेतृत्व संकटबाट गुज्रिरहेको छ । जनपक्षीय पत्रकारिता, श्रमजीवी पत्रकारहरूको समस्या समाधानजस्ता मुद्दा गौण बनिरहेका छन् । संगठनभित्र ठूला दलहरूका नेताहरूको स्वार्थ पूरा गर्ने प्रवृत्ति बढ्दो छ । यसले क्रान्तिकारी मूल्यमान्यतामा अडिएको पत्रकार संगठनलाई नै संकटमा पार्न सक्छ ।
प्रेस सेन्टरमा क्रान्तिकारी त्याग, बलिदानको चर्चा गरिए पनि जुगल नेतृत्वमा आएपछि संगठनको कार्यदिशा स्पष्ट छैन । संगठनलाई क्रान्तिकारी मूल्यमान्यता अनुसार अगाडि बढाउने कि केही नेताहरूको भजन गाएर संगठनलाई गतिहीन बनाउने भन्ने द्वन्द्व तीव्र बनेको छ । यदि नेतृत्व परिवर्तन नगरी पुरानै असफल नेतृत्वलाई निरन्तरता दिइयो भने संगठन निष्क्रिय हुने खतरा बढ्दै गएको छ ।
संगठनभित्रको यो अवस्थाले प्रेस सेन्टर नेपाल आगामी दिनमा सङ्घर्षशील रूपमा अगाडि बढ्ने कि विघटनको बाटो समाउला ? महाधिवेशनले असफल नेतृत्वलाई विस्थापित गर्छ कि कायम राख्छ भन्ने कुराले प्रेस सेण्टरको भविस्य निर्धारण हुन्छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया