सरकारले कुलमान घिसिङलाई हटाएकोमा प्रतिपक्षी दलहरुले सदन र सडकबाट विरोध गर्ने

काठमाडौं, १३ चै । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा विरोध गर्ने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको संसदका विपक्षी दलहरुको बैठकले सदन र सडकबाट सरकारको उक्त निर्णयको विरोध गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले अलोकतान्त्रिक रुपमा विधि मिचेर घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसदमा आवाज उठाउने र सडकमा पनि विरोध गर्ने निर्णय भएको बताए ।
सरकारले कुलमानलाई दुई तिहाइको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरुको आरोप छ । तर संसदीय गतिविधि बाहेकका काममा दुई तिहाइको अर्थ रहँदैन । उनले सदनमा प्रतिपक्षी दलहरुले सरकारको उक्त निर्णयको विरुद्धमा विरोध गर्ने बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया