समाजवादी मोर्चाका चार शीर्ष नेताले भृकुटी मण्डपमा सम्बोधन गर्ने

काठमाडौँ, १५ चैत । समाजवादी मोर्चाले काठमाडौँको भृकुटी मण्डपमा आयोजना गरेको विरोधसभालाई चार दलका चार जना शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्र राय यादलेले सम्बोधन गर्ने भएका छन् ।
सम्बोधन गर्ने उनीहरु नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा र नेसपाका प्रमुख नेताहरू हुन ।
चार दलका शीर्ष नेताहरुले मात्र सभालाई सम्बोधन गर्ने भएपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सभामा उपस्थित नहुने भएका छन् ।
देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, सरकारको कुशासन, राजावादीहरुको अस्वभाविक चलखेलकाबिरुद्ध गणतन्त्र पक्षधरहरुले विरोधसभा आयोजना गरेका हुन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया