देशमा फेरि वंशको शासन ल्याउने कसैले कुचेष्टा गर्छ भने उनीहरुले ठूलो मूल्य चुकाउनुपर्छ : माधव नेपाल

काठमाडौं, १५ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंशले शासन गर्ने व्यवस्था ल्याउने कोसिस नगर्न चेतावनी दिएका छन् ।
शुक्रबार भृकुटीमण्डमा आयोजित कार्यक्रममा उनले इतिहासलाई पछाडि फर्कन नदिने बताए । कसैले कुचेष्टा गरे ठूलो मूल्य चुकाउनुपर्ने बताए । “यो देशमा फेरि वंशको शासन ल्याउने कसैले दुचेष्टा गर्छ भने उनीहरुले ठूलो मूल्य चुकाउनुपर्छ,,” उनले भने ।
नेपालले विगतमा कार्यक्रमको स्मरण गर्दै आजको कार्यक्रम कास्टिङ मात्रै भएको बताए । “यो त कास्टिङ मात्रै हो । अब यो मुलुक शाही वंशतिर फर्कन सक्दैन । वंश, परिवारको शासनतर्फ फकर्न सक्दैनन्,” उनले भने ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया