Techie IT
Samayabaddha
सोमबार, १७ चैत्र, २०८१

समाजवादी मोर्चाको प्रदर्शनले प्रतिगमनकारीहरु असफल भएको प्रचण्डको दाबी


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूको षड्यन्त्रलाई समाजवादी मोर्चाले असफल बनाएको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टरको पाँचौं महाधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाले ठूलो जनसमुदायबीच विरोध सभा नगरेको भए राजावादीहरूले गम्भीर आपराधिक घटनाहरू निम्त्याउने योजना बनाएको सूचना आफूले प्राप्त गरेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पश्चगमन फेरि एकपटक नयाँ सन्दर्भमा टकराइरहेको बताए । उनले हिजो समाजवादी मोर्चाले लोकतन्त्र र गणतन्त्रप्रतिको प्रतिबद्धता देखाउन नसकेको भए अझ ठूला घटनाहरू घटाएर प्रतिक्रान्तिलाई चरमविन्दुमा पुर्‍याउने षड्यन्त्र भएको सूचना आफूहरुसँग भएको दाबि गरे ।

समाजवादी मोर्चाको विशाल प्रदर्शनको कारण धेरैको ज्यान बचेको र अझ ठूलो धनजनको क्षति हुनबाट बचेको प्रचण्डको भनाइ थियो ।

गणतन्त्रमाथि प्रहार भइरहेका बेला सरकारमा रहेका दलहरूले आफ्ना क्रियाकलाप सच्याएर गणतन्त्रलाई बलियो बनाउन लाग्नुपर्ने उनले जोड दिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट