Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजेसम्मका लागि स्थगित


काठमाडौं, १७ चैत । प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ । विपक्षी दलहरूको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक ४ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आइतबार दिउँसो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि स्थगित गरिएको थियो ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिनएसम्म बैठक चल्न नदिने अडान विपक्षी दलहरूको छ ।

प्रधानमन्त्री ओलीले सोमबारको बैठकमा जवाफ दिने जानकारी सत्तापक्षले गराएको छ । तर, पनि प्रतिपक्षी दलका सांसदहरूले बैठक चल्न दिएका छैनन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट