Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कन


काठमाडौं, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि (सोमबार) देखि पार्टीको जिम्मेवारीमा फर्कन लागेका छन् । भोलि बोलाइएको केन्द्रीय समिति बैठकको सभापतित्व उनले गर्नेछन् ।

प्रवक्ता मनिष झाका अनुसार बैठकको प्रारम्भ कार्यवाहक सभापति डिपी अर्यालले स्वागत र धन्यवाद ज्ञापन गरेपछि लामिछानेको सभापतित्वमा बैठक सुचारु हुनेछ । झाले भनेका छन्, ‘पहिलो बैठक कार्यवाहक सभापतिबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्नेगरी समापन हुनेछ । लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’

विभिन्न सहकारीको रकम अपचलन मुद्दामा लामिछानेल २ कात्तिकमा पक्राउ परेपछि पुस ८ गते बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिएको थियो ।

पोखरा, काठमाडौं, रुपन्देही र चितवनका जिल्ला अदालतमा दायर मुद्दापछि लामिछाने धरौटीमा छुटेका थिए । ती जिल्ला अदालतहरुको आदेशविरुद्ध विभिन्न उच्च अदालतमा समेत पुनरावेदन गरेकाले लामिछाने नियमित रुपमा तारिख धाउँदै हिँडेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट