Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

सदनमा जंगिए राजेन्द्र लिङ्देन : राजावादी यहाँ छ, सके जेल हाल


काठमाडौं, १७ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि आफूले यस्तो चुनौती दिएको उनले बताएका छन् ।

लिङदेनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल ।’

संसद बैठक अवरोधकैबीच राजावादी र गणतन्त्रवादी सांसदहरुबीच आरोप–प्रत्यारोप चलेको थियो । यसअघिका सदनमा पनि माओवादी र एमालेका सांसदहरुले संसद्‌मा राजतन्त्र शब्द प्रयोगसम्म पनि प्रतिबन्ध लगाउन माग गरेका थिए ।

आज भने राजावादीलाई थुन्नुपर्ने माग उठेपछि लिङ्देन जंगिएका हुन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट