Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

राप्रपा उपाध्यक्ष रविन्द्र र महामन्त्री धवलसहित ११ जनालाई ‘राज्यविरुध्दको अपराध’


काठमाडौं, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर राणासहित ११ जनालाई राज्यविरुद्धको कसूर र संगठित अपराधमा हिरासतभित्रै राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।

जिल्ला प्रहरी परिसर,काठमाडौंको हिरासतमा रहेका उनीहरुलाई आज सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो । थुनुवाको पोशाकमा रहेका रविन्द्रको हातमा हत्कडी लगाइएको छ । यता, धवल भने सादा पोशाकमा थिए । उनको हातमा हत्कडी थिएन ।

त्यसैगरी ४१ जनाविरुद्ध अपराधिक उपद्रव र संगठित अपराधमा थप गर्न लागिएको छ । गएको शुक्रबार राजधानीको तीनकुनेमा राजावादी आन्दोलन भड्काएबापत उनीहरुलाई प्रहरीले सोही दिन पक्राउ गरेको हो । हिजो शनिबार परेकाले म्याद थपका लागि आज उपस्थित गराइएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट